राप्रपा अध्यक्ष कमल थापालाई काेराेना संक्रमण पुष्टि

Spread the love

निगरानी न्युज ।
राप्रपा अध्यक्ष थापालाई काेराेना संक्रमण पुष्टि

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । अध्यक्ष थापाले बिहीबार सामाजिक सञ्जालमार्फत आफूलाई काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् ।

बिहीबार साँझ ट्वीट गर्दै उनले काेराेना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउकाे दुखेकाे र काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएकाे बताए ।

उनले लेखेका छन्, ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड-१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ। अवस्था सामान्य छ । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनुहुन अनुरोध गर्दछु।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *