डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा

Spread the love

निगरानी न्युज ।

बिहीबार गृह मन्त्रालयले डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ। निर्मला बलात्कारपछि हत्यामा सुरुका आरोपी दिलिप सिंह विष्टलाई यातना दिएको भन्दै उनी निलम्बनमा परेका थिए ।

गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई प्रहरी अधिकारीलाई सफाइ दिएको थियो।  प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले डीएसपी जिसीको निलम्बन फुकुवाको पत्र गृहले मुख्यालयमा पठाएको बताए।

उनका अनुसार कानुन शाखाले प्रशासनलाई पत्र लेखेपछि उनी काममा फर्कने छन्। जसीसँगै निलम्बनमा परेका डीएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामीले भने अवकाश पाइसके ।

उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने तयारी मुख्यालयले गरेको छ । पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे मन्त्रिपरिषदले निर्णय लिनुपर्ने हुन्छ।

सामाजिक न्याय र यातना कसुरमा  जिसीसहित आठ प्रहरीलाई प्रतिवादी बनाइएको थियो। जिसी डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो।

२०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिकस्थित उखुबारीमा फेला परेको थियो। उक्त घटनाको बास्तविक दोषी अहिलेसम्म पत्ता लागेको छैन।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *