निगरानी न्युज ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।
बिहीबार थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ५९८ जनाको परीक्षणमा थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ सय ६४ संक्रमित निको भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।