न्यूकाशलमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

Spread the love

निगरानी न्युज ।

खेलको अन्त्यतिर तीन गोल फर्काएपछि म्यान्चेस्टर युनाइटेडले न्युकासल युनाइटेडमाथि ४(१ गोलअन्तरको जित हासिल गरेको छ । पछिल्लो लिग खेलमा टोटनह्यामसँग ठूलो अन्तरको पराजयपछि संकटमा परेको म्यानचेस्टरका लागि यो जित राहत हुनेछ ।

खेलको अन्तिम केहि मिनेटमात्र बाँकी रहँदा खेल बराबरीतर्फ उन्मुख थियो । ५८ औं मिनेटमा बुर्नो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर तीन अंक हासिल गर्न नसक्ने स्थितिमा थियो ।

लुक शले दोस्रो मिनेटमै आत्मघाती गोल गर्दा पछि परेको म्यानचेस्टरका लागि २३ औं मिनेटमा ह्यारी मगायरले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

८६औं मिनेटमा फर्नान्डेजले गोल गरेपछि खेल एकाएक म्यानचेस्टरको पक्षमा पुग्यो । ९० औं मिनेटमा वान बिसाका र इन्ज्यूरी समयको अन्तिम मिनेटमा मार्को रासफोर्डले गोल गरी ४(१ को सम्मानित जित दिलाए ।

म्यानचेस्टरको यो चौथो खेलमा दोस्रो जित हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *