निगरानी न्युज ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड नजिक पुगेको छ । दैनिक विश्वमा तीन लाखमाथि संक्रमित थपिने गरेका छन् ।
एकै दिन तीन लाख ७० हजार तीन सय ७२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ९९ लाख ३६ हजार आठ सय १७ पुगेको छ । संक्रमितमध्ये ११ लाख १४ हजार एक सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टाभित्रमा पाँच हजार पाँच सय ५३ जनाको मृत्यु भयो । संक्रमितमध्ये दुई करोड ९८ लाख ७५ हजार दुई सय ७६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ८९ लाख ४७ हजार तीन सय ५९ जना उपचाररत रहेकोमा ७१ हजार आठ सय ३८ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ८३ लाख ४१ हजार पाँच सय ८८ पुगेको छ । एकै दिन ५३ हजार एक सय ५५ नयाँ बिरामी थपिए । संक्रमितमध्ये दुई लाख २४ हजार दुई सय ७७ जनाको मृत्यु भइसकेको छ ।
२४ घण्टाभित्र छ सय ३३ जनाले ज्यान गुमाए । अमेरिकामा संक्रमितमध्ये ५४ लाख २७ हजार चार सय २७ जनाको उपचार सम्भव भएको छ । २६ लाख ८९ हजार आठ सय ८४ जना उपचाररत रहेकोमा १५ हजार तीन सय २१ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारतमा एकै दिन ६२ हजार ९२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७४ लाख ९२ हजार सात सय २७ पुगेको छ । भारत संक्रमणबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा पर्छ । संक्रमितमध्ये एक लाख १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको ज्यान गयो । ६५ लाख ९४ हजार तीन सय ९९ जनाको उपचार सम्भव भएको छ । सात लाख ८४ हजार दुई सय ६४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
कोरोनाबाट प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमित संख्या ५२ लाख २४ हजार तीन सय ६२ पुगेको छ । एक दिनमा २२ हजार सात सय ९२ नयाँ संक्रमित थपिए । संक्रमण पुष्टि भएकामध्ये एक लाख ५३ हजार छ सय ९० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टमा चार सय ६१ जनाको ज्यान गयो । ४६ लाख ३५ हजार तीन सय १५ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ३५ हजार तीन सय ५७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।