काठमाडौं उपत्यकामा मात्र हालसम्म ५३ हजारभन्दा बढी संक्रमित

Spread the love

निगरानी न्युज

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ। शनिवारसम्म देशभर १ लाख २९ हजार ३०४ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये उपत्यकामा ५३ हजार ६८९ जनामा संक्रमित उपत्यकाका छन्। देशभर ३८ हजार ७३७ जना ‘एक्टिभ केस’ रहँदा उपत्यकामा मात्रै करिब १५ हजार केस एक्टिभ रहेका छन्।

हालसम्म काठमाडौंमा ४३ हजार २६५ जना, ललितपुरमा ६ हजार ८१ जना र भक्तपुरमा ४ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिवार देशभर थप ३ हजार १ ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भयो। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ ४६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा १ हजार ४५१ जना, भक्तपुरमा १ ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको छ।

पछिल्लो समय उपत्यकामा दैनिक रुपमा हजारभन्दा बढी संक्रमितहरु पहिचान भइरहेका छन्। चाडपर्व सुरु हुँदा बजारमा भीड बढेको छ। जसकारण पनि संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *