इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स सनराइजर्स हेदरावादकाे खेल सुपर ओभरमा गएकाे छ ।
आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।
बलियो सुरुवात गरेको कोलकाताले ४८ रनमा पहिलो विकेट गुमाएको थियो भने ८७ रनमा दोस्रो र एक सय पाँच रन हुँदा चौथो विकेट खेर फालेको थियो ।
उसका लागि राहुल त्रिपाठीले २३ रन बनाए भने शुंभम गिलले ३६ रन जोडे । यस्तै नितिश रानाले २९ रन बनाउँदा आन्द्रे रसेल मात्र नौ रनमा पेभेलियन फर्किए ।
अन्तिममा कप्तान इयोन मोर्गन र दिनेश कार्तिकले अर्धशतकीय साझेदारी गरे । जसमा मोर्गनले ३४ रन बनाए भने कार्तिकले अविजीत २९ रनको योगदान गरे ।
बलिङमा नटराजनले दुई विकेट लिए ।
जवाफमा हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनायाे । अन्तिम बलमा २ रन चाहिएकाेमा हैदरावादले एक रनमात्र लिन सक्याे ।
बलियो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर उसका मिडिलअडरका खेलाडीमा राम्रो साझेदारी हुन नसक्दा पराजित हुनपुग्यो ।
हैदरावादका लागि जोनी ब्रेस्टोले ३६ रन बनाए भने केन विलियम्सनले २९ रनको योगदान गरे । तर प्रियम गार्ग चार, मनिश पाण्डे ६, विजय शंकर ७ रनमा आउट भए । जसका कारण हैदरावादले एक सय नौ रन बनाउँदा पाँच विकेट गुमायो ।
हैदरावादका लागि कप्तान डेविड वार्नरले ४८ रन बनाए भने अब्दुल समदले २३ रनको योगदान गरे । बलिङमा लोकी फर्गुसनले तीन विकेट लिए ।