कोभिड-१९ संक्रमणको खराब देशहरुको ३५ औं स्थानमा नेपाल

Spread the love

निगरानी न्युज ।

नेपाल कोभिड-१९ संक्रमणको खराब मुलुकहरुको सूचीमा फड्को मार्दै अगाडि बढेको छ। २१७ देश तथा क्षेत्रहरुमा संक्रमण पुष्टि भएको मध्ये नेपाल ३५ औं स्थानमा पुगेको छ। कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीन हुँदै जापान, एसियाका युएई, कतार, ओमानलगायतका देशहरुलाई पछाडि पार्दै ३५ औं स्थानमामा उक्लिएको हो।

पछिल्लो २४ घण्टामा थप दुई हजार ९४२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु हुँदा मृतकको संख्या ७३९ पुगेको छ।

हालसम्म ९२ हजार १६६ जना संक्रमित संक्रमण मुक्त हुँदा ३९ हजार ३४१ संक्रमित उपचारका क्रममा छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *