नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन

Spread the love

काठमाडौं ।

कोरोना संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ। ८३ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। मास्के विगत सात वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार निदान अस्पतालमा भर्ना गरिएको थियो। विसं २०२१ मा भारतको पुणेस्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ छायांकन गरेका थिए। उनी फिचर फिल्म खिच्ने पहिलो नेपाली छायाँकार थिए।

मास्केले ‘मनको बाँध’, ‘पच्चीस वसन्त’लगायत दुई दर्जन चलचित्र छायांकन गरेका छन्। उनको शुक्रबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउने मास्के पहिलो नेपाली चलचित्रकर्मी पनि हुन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *