प्रहरी हत्या पकरण : घटनामा संलग्न ७ जनाकाे नाम सार्वजनिक

Spread the love

धनगढी उपमहानगरपालिका–१० जुगेडा स्थित अस्थायी प्रहरी बिटमा कार्यरत असई गोबिन्द बिक र जवान रामबहादुर साउँद हत्या प्रकरणको प्रहरीले अनुसन्धान झण्डै सक्काएको छ । तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ ।

शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका शिलशिलामा १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकार गरेका छन् । ती सातै जनालाई आज (मंगलवार) जिल्ला प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

हत्यामा संग्लन भएको भन्दै वडा नम्बर १० का ६ जना वडा नम्बर ११ का एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्यामा संग्लन भनि सार्वजनिक गरिएकामा वडा नम्बर १० का ३१ बर्षीय पर्कु भनिने रोहित राना, २० बर्षीय राजेन्द्र राना, ३० बर्षीय चोर भनिने सुरेश राना, २५ बर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय राम निवास राना, २९ बर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ का गोपाल भनिने राम गोपाल राना रहेका छन् । घटनामा अन्य पनि संग्लनता रहेको र उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

भारतसँग जोडिएको जुगेडा क्षेत्रमा बिगत देखि नै चोरी–तस्करी हुँदै आएको थियो । खासगरी पछिल्लो समय तस्करहरुले नेपालबाट भारततर्फ खाने मटर तस्करी गर्दै आएका थिए । तस्करीमा केही स्थानीय बासिन्दा पनि सक्रिय थिए।

त्यसको सूचना पाएर असई बिक र जवान साउँद उनीहरुलाई घेर्न गएका बेला उल्टै संगठित समूहको निसानामा परेका हुन् । ‘सात जना स्थानीयले आफुहरुले हत्या गरेको भन्दै बयान दिएका छन् ।’ पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘प्रहरीले उनीहरुको काममा अवरोध गरेपछि योजनाबद्ध ढंगले नै हत्या गरेको देखिएको छ ।

असई बिकलाई मारेर मोहना नदीमा फालेको अवस्थामा शव आइतवार बिहान फेला परेको थियो भने जवान साउँदको हत्या गरेर शव गाडेको अवस्थामा मंगलवार बिहान फेला परेको छ । घटना निक्कै संवेदनशील भएकाले प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी र सिआईबीको टोली आफै अनुसन्धानमा खटिएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *