राजकुमार र भूमिको मुख्य भूमिकामा ‘बधाई हो’ को सिक्वेल ‘बधाई दो’ बन्ने,

Spread the love

निगरानी न्युज ।

बलिउडको हिट फिल्म ‘बधाई हो’ को सिक्वेल बन्ने भएको छ ।

सन् २०१८ मा रिलिज भएको फिल्म सिक्वेलको आधिकारिक निर्माणको घोषणा गर्दै निर्माण कम्पनी जंगली पिक्चर्सले फिल्म सन् २०२१ को जनवरीमा छायांकन हुने जानकारी गराएको छ ।

‘बधाई दो’ नाम राखिएको फिल्ममा अभिनेता राजकुमार राव र नायिका भूमि पेडनेकरको मुख्य भूमिकामा पक्का रहने भएको छ ।

‘बधाई दो’ मा राव प्रहरी अफिसर्सको भूमिकामा देखिँदै छन् । महिला थानामा एक्लो प्रहरी अफिसर्सको भूमिकामा देखिन लागेका राजकुमारको भूमिका रोचक हुने बताइएको छ ।

हर्षवर्धन कुलकर्णीको निर्देशनमा तयार हुने फिल्मको कथा अक्षत घिल्डियाला र सुमन अधिकारीले लेखेका हुन् । फिल्ममा भूमिले एक स्कूलको पीटी शिक्षकको भूमिका निर्वाह गर्ने भएकी छन् ।

‘बधाई हो’मा अभिनेता आयुष्मान खुराना र अभिनेत्री सान्या मल्होत्राको अभिनय रहेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *