निर्देशक निश्चल बस्नेतको आक्रोश : जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफैं रोजिसकेछ।

Spread the love

निगरानी न्युज।

महामारीको बेलामा पनि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

सरकारले कोरोना संक्रमित बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने बताएपछि फेसबुकमा निश्चलले जनताको उपचार आफैं गर भन्ने गैरजिम्मेवार सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् । निश्चलले महामारीको समयमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफैं रोजिसकेको लेखेका छन् ।

आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरे पनि हुने, जनताको उपचार चाहिँ आफैं गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे नै नगन्ने भनेर उनले आक्रोश पोखे । ‘राम्रो रोज्ने मौका त हामीले गुमायौं,’ निश्चल फेसबुकमा लेख्छन्, ‘अब ढिला नगरी कुहिएकालाई फ्यालिहाल्नु पर्ने देखियो ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *