निगरानी न्युज ।
ज्याक क्रावलीले बर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन । आफ्नो डेब्यु टेष्टमा नै दुई सय ६७ रनको पारी खेलेर तहल्का मच्चाएका ज्याकले क्रिकेट राइटर्स क्लवको एनभी युवा खेलाडीको अवार्ड जिते ।
यस्तै इंग्ल्याण्डका पुर्व कप्तान एलेस्टर कुकले काउन्टि च्याम्पियनसिपको बर्षको उत्कुष्ट खेलाडीको अवार्ड हात पारे । जस अन्तर्गत उनले बोब विल्स ट्रफि जिते ।
महिला तर्फ इंग्ल्याण्डकी स्पिनर सोफि इसेल्स्टोनले बर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारिन ।
जेसोन होल्डर र वेष्ट इन्डिज टिमलाई पिटर स्मिथ अवार्डबाट सम्मानित गरिएको छ ।
बर्षको युवा खेलाडीका लागि एनभी क्लवका सदस्यले भोटिङ गरेका थिए । त्यसमा २३ बर्षको मुनीको खेलाडी हुनुपर्ने प्रावधान राखिएको थियो ।