बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपालले कात्तिक १२ गतेबाट प्रशिक्षण सुरु गर्ने

Spread the love

निगरानी न्युज ।

बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ३५ यसअघि नै क्याम्पमा बोलाएका ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि खेलाडीलाई कात्तिक १२ गते क्याम्पमा बोलाएको छ ।

सबै खेलाडीलाई दशैकाे लगत्तै अर्थात कात्तिक १२ गते एन्फामा रिपोर्ट गर्न भनिएको छ । फिफा विश्वकप छनोटका लागि प्रशिक्षणमा बोलाइएका खेलाडीलाई नै बंगलादेशको मैत्रीपुर्ण खेलको तयारीमा बोलाइएको छ । सबै खेलाडी काठमाडाै‌मा आएपछि पीसीआर परिक्षण हुनेछ ।

यसको अर्थ यसपटक पनि यसअघि कारवाहिका कारण क्याम्पमा नपरेका खेलाडी विमल घर्तिमगर सहित अरु तीन जना नपर्ने भएका छन । बंगलादेशको मैत्रीपुर्ण खेल अगाडी नेपाली टिमले एक साता जति नेपालमा नै प्रशिक्षण गर्नेछ । त्यसपछि खेलको एक साता अगाडी टिम बंगलादेश जानेछ ।

ढाकामा हुने दुई वटा मैत्रीपुर्ण खेल अगाडी टिम एक साता त्यहाँ पुगेर बंगलादेश सरकारको नियम अनुसार आइसोलसनमा बसेर कोरोना परिक्षण गर्नेछ । त्यसपछि टिम प्रशिक्षणमा जानेछ ।

नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा कार्तिक २८ र मंसिर एक गते दुई वटा मैत्रीपुर्ण खेल खेल्नेछ । कोरोना भाइरसका कारण ६ महिनादेखि घरमा नै रहेका नेपाली फुटबलरले बल्ल प्रशिक्षण गर्न र खेल खेल्न पाउने भएका छन ।

बंगलादेशसँगको खेललाई एन्फाले फिफा विश्वकप छनोटको तयारीका रुपमा लिएको छ । पछिल्लो पटक एन्फाले राष्ट्रिय खेलकुद परिषद्बाट सावधानीका साथ प्रशिक्षण गर्न र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नका लागि अनुमति दिएको थियो ।

नेपालमा कोरोनाको संक्रमण अझैपनि भयाभव भइरहेको अवस्थामा दुबै खेल ढाकामा खेल्ने पक्का भएको हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *