च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा सिटीले पोर्टोलाई तीन एकले हरायो ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा पोर्टेले सुरुवाती अग्रता जोगाउन सकेन । सिटीविरुद्ध पोर्टोले १४ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि लुइस डियाजले गोल गर्न सफल भए ।
तर त्यो अग्रता धेरै बेर भने टिक्न सकेन । खेलको १९ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । डिबक्समा रहिम स्ट्रलिङलाई लडाएपछि पाएको पेनाल्टीलाई सर्जियो अगुइरोले गोलमा परिणत गरे । चोटका कारण अगुइरोले दुई सय सिटीका लागि दुई सय ३१ दिनपछि गोल गरेका हुन ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुई गोल थप्यो । ६५ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ७३ औं मिनेटमा सिटीले तेस्रो गोल गर्यो । यसपटक सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले फिल फोडेनसँगको वन टु वन कम्बिनेसनमा गोल गर्न सफल भए । सिटीका लागि फोडेनले च्याम्पियन्स लिगका पछिल्ला सात खेलमा ६ मा प्रत्यक्ष संलग्नतामा टिमलाई योगदान गरेका छन । जसमा उनले तीन गोल र तीन एसिस्ट गरेका छन ।
पेप ग्वार्डियोलाको टिम सिटीले त्यसपछि पनि केहि दबाव सिर्जना गरेको थियो । तर गोल थप्न सकेन र तीन एकको जित दर्ता गर्यो ।