अमेरिकी आक्रामकताविरुद्ध युद्धताकाको भावना राख्न सीद्वारा आफ्ना नागरिकलाई आग्रह

Spread the love

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाको आक्रामकताविरुद्ध युद्धताकाको भावना राख्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेका छन्।

अमेरिकी आक्रामकता र बदमाशीविरुद्ध चीनका नागरिकहरुले युद्धताकाको क्रान्तिकारी विचारबाट पाठ सिक्नुपर्ने सीले सोमबार ७० औं युद्ध दिवसका दिन बताएको सीजीटीएनले जनाएको छ।

सोमबार बेइजिङको सैन्य संग्राहलयमा चिनियाँ क्रान्तिको प्रदर्शनी गरिएको थियो। सीले सो क्रममा उत्तर कोरियालाई सन् १९५० र १९५३ को अवधिमा गरेको सहयोगजस्तै चीनले सहयोग गर्ने पनि बताएका थिए।

सीले चिनियाँहरुको महान क्रान्तिकारी भावनाले सबै कठिनाइहरुमा विजय प्राप्त गर्न र सबै शत्रुलाई पराजित गर्न प्रोत्साहित गर्ने पनि बताएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *