बलात्कारको घटना बढ्दो : ११ वर्षीया बालिका सहित तीन जना बलात्कृत

Spread the love

निगरानी न्युज। 

झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने २५ वर्षीय  रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ती बालिकालाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  राजवंशीलाई पक्राउ गरेको हो।

धनुषामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–१३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सिरहामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका–३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हा ।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *