कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई देउवाको आग्रह

Spread the love

निगरानी न्युज।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना संक्रमितको निःशुलक उपचार गर्न आग्ह गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै सभापति देउवाले यस्तो बताएका हुन् । देशमा कोरोना महामारीको कारण जनतामा ठूलो त्रास रहेको उल्लेख गर्दै देउवाले यस्तो बेलामा सरकारले अभिभावको रुपमा उभिनुपर्ने बेलामा झन पीडा थप्ने काम गरेको दाबी गरेका छन् । देउवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ,नेपाल सरकारले कोभिड १९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *