काठमाडौँ।
संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको आरोपमा सुनसरी इनरुवा नगरपालिका–७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिँडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैँडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।