एन्फा अध्यक्ष शेर्पा र ओलम्पिक उपमहासचिव तिम्सिनालाई कोरोना पोजेटिभ

Spread the love

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरीङ शेर्पालाई कोरोना पोजेटिभ भएको छ ।

पछिल्लो केहि दिन देखि स्वास्थ्यमा समस्या देखिएपछि उनले परिक्षण गरेका थिए । जसमा विहिबार उनको रिपोर्ट पोजेटिभ आएको छ ।

उनी आफैले फेसबुकमा कोरोना पोजेटिभ भएको र आफ्नो कन्ट्रयाकमा परेकालाई सचेत रहन आग्रह गरेका छन ।

दुई साता अगाडी अध्यक्षका स्वकीय सचिवलाई पनि कोरोना पोजेटिभ भएको थियो ।

अघिल्लो साता उनी पोखराबाट फर्किएपछि स्वास्थ्यमा केहि समस्या देखिएको थियो । जसका कारण उनी घरमा नै आइसोलेसनमा बसेका थिए । कर्माको सुरुवातमा ज्यान दुख्ने, टाउको दुख्ने भएको थियो ।

तरपछि उनले बुधबार कोरोनाको परिक्षण गर्दा पोजेटिभ देखिएको छ । उनी अहिलेपनि घरमा नै आइसोलेसनमा बसिरहेका छन ।

एन्फामा पदाधिकारी र कर्मचारीमा कोरोना देखिने उनी तेस्रो ब्यक्ति हुन । यसअघि स्टोक हेर्नेलाई पनि पोजेटिभ देखिएको थियो ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । तिम्सिनाले आफनो सम्पर्कमा रहेकालाई विशेष आवधानी अपनाउन आग्रह गरेका छन् ।

उनी केहि दिन अगाडी विदेश जाने याेजनामा थिए । तर रिपाेर्ट पाेजेटिभ देखिएपछि उनले त्याे याेजनालाइ रद्द गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *