पर्सामा सत्तारुढ नेकपाका दुई समूहबीच झडप, जिल्ला सदस्यको मृत्यु

Spread the love

निगरानी न्युज ।

पर्सामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झड्प हुँदा पार्टी जिल्ला सदस्यको मृत्यु भएको छ।

पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो।

गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर च्यात्ने र आयोजकहरुमाथि हातपात गर्ने कार्य रोक्ने क्रममा मुकेशमाथि आक्रमण भएको थियो। उनको टाउँकोमा गम्भीर चोट लागेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका चौरसियालाई तत्काल नारायणी अस्पतालमा र त्यसपछि वीरगन्जकै न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ।

नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र साह र सचिव विजय महतोले विज्ञप्ति प्रकाशित गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, मुकेस चौरासियालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

त्यस्तै घटनामा उत्तम तिवारी र चिन्टु तिवारी पनि घाइते भएको र उनीहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *