भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात

Spread the love


भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात


भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात भएको छ।

६१ वर्षीय देवलाई हृदयघातपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको एन्जिओपाल्टी गरिएको छ। उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको बताइएको छ।

कपिल देवकै नेतृत्वमा भारतले पहिलो पटक सन् १९८३ मा क्रिकेट विश्वकप जितेको थियो।

हरियाणाका देवले सन् १९७८ देखि १९९४ सम्म भारतीय टिममा रहेर क्रिकेट खेलेका थिए। उनी उत्कृष्ट अलराउन्डरका रुपमा विश्वभर परिचित रहेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *