निगरानी न्युज।
भारतीय टेलिभिजन च्यानल रिपब्लिक टीभीका चार पत्रकारविरुद्ध प्रहरीले एफआईआर दर्ता गरेको छ। मुम्बई प्रहरीले सुरक्षासंस्थालाई बदनाम गर्ने उद्देश्य राखेको आरोपमा मुद्दा दर्ता गरेको हो।
‘‘प्रहरीको कदम मिडिया अधिकारमाथि हमला हो,’’ रिपब्लिक टीभीले प्रतिक्रियामा भनेको छ, ‘‘यसविरुद्ध मजबुत रणनीतिसहित लड्ने छौं।’’
पछिल्लो सयम रिपब्लिक टीभी रेटिङ प्वाइन्ट्स(टीआरपी) को मामिलामा पनि विवादित रहँदै आएको छ। टीभीले टीआरपी बढाउन पैसा खर्च गरेको आरोप लागेको छ।
मुम्बईका प्रहरी कमिसनर परमवीर सिंहले अक्टोबर ८ मा प्रेस प्रेस कन्फरेन्स गरेर केही न्युज टीभी च्यानलले टीआरपी बढाउन पैसा दिने गरेको आरोप लगाएका थिए। उनले रिपब्लिक टीभीको नामै लिएका थिए। साथै, चार पत्रकारलाई गिरफ्तार गरिएको जानकारीसमेत दिएका थिए।