बैंग्लाेर चेन्नेईसँग ८ विकेटले पराजित

Spread the love

इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नेई सुपर किंग्सले बैंग्लोरलाई ८ विकेटले हराएको छ । यो हारपछि बैंग्लोरले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने प्लेअफमा पुग्नका लागि अझै कुर्नुपर्ने भएको छ ।

दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।

खासै राम्रो सुरुवात गर्न नसकेको बैंग्लोरले ३१ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ४६ रनमा उसले दोस्रो विकेट खेर फाल्यो । बैंग्लोरका देभदत्त पाडिकालले २२ रन बनाए भने आरोन फिन्च १५ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान विराट कोहली र एवी डिभिलियर्सले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे । जसमा डिभिलियर्स ३९ रनमा आउट भएपछि बैंग्लोरले एक सय २८ रनमा तेस्रो विकेट गुमायो ।

 

त्यसपछि क्रिजमा आएका मोयन अली मात्र एक रनमा आउट भएपछि बैंग्लोरले एक सय ३२ रनमा चौथो विकेट गुमायो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ५० रनकाे याेगदान गरे । बलिङमा चेन्नेईका साम कुरानले तीन विकेट लिए भने दिपक चाहारले २ विकेट हात पारे ।

 

जवाफमा चेन्नेईले १८ ओभर चार बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । त्यसपछि उसको स्कोर एक सय १३ रन हुँदा दोस्रो विकेट झर्यो ।

उसकालागि फाफ डुप्लिसिसले २५ रन बनाएका अम्बाती राइडले ३९ रनको योगदान गरे । यस्तै ओपनर रुतुराज गाइकवादले अर्धशतकीय पारी खेले । उनले ६५ रन बनाए । यस्तै कप्तान महेन्द्रसिंह धाेनीले १९ रन बनाए ।

प्रतियाेगिताबाट बाहिरीसकेकाे चेन्नेइसँगकाे हारले बैंग्लाेरलाइ घाटा भएकाे छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *