निगरानी न्युज।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका लगाएका छन्। प्रधानमन्त्री ओली टीका लगाउन सोमबार शीतल निवास पुगेका थिए। उनलाई राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

