निगरानी न्युज।
नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ४००५ जना निको भएका छन् । गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका ४००५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
यसैबीच पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
४००५ डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।