टोटनहेमको बर्नलेमाथि कठिन जीत

Spread the love

निगरानी न्युज।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहेमले बर्नलेमाथि कठिन जीत निकालेको छ । गएराति सम्पन्न खेलमा सनले ७६ औं मिनेटमा हेडमार्फत् गरेको गोलबाट टोटनहेमले जित निकालेको हो ।

सनले कानेको हेडबाट नै दिएको पासमा आकर्षक गोल गरेका थिए । यो जोडी फेरि सफल भयो ।

खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर गुमाएका थिए । बर्नलेले टोटनहामको पोष्टमा गोल गरेपनि अफसाइडका कारण मान्य भएन ।

जीतसँगै टोटनहेम ११ अंकसहित तालिकाको पाचौं स्थानमा उक्लिएको छ । बर्नले पुछारबाट तेस्रो स्थानमा छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *