निगरानी न्युज।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा २७२५ पीसीआर परीक्षण गर्दा ५७० जनामा कोरोना देखिएको हो ।
५७० थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३१६८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।