भारत प्रशासित जम्मु–कस्मिरको जमिन खरिद विक्रिका लागि खुला भएको छ।
भारतका नागरिकले अब यस क्षेत्रको जग्गा जमिनलाई खरिद गर्नसक्ने भारतको गृह मन्त्रालयले मंगलबार जानकारी दिएको हो।
मन्त्रालयले मंगलबार एउटा सूचनामा भनेको छ,‘भारतका नागरिकले जम्मु–कस्मिर र लद्दाखको जमिन खरिद गर्न सक्दछन्।’
यससँगै केन्द्र सरकारले जम्मु–कस्मिरलाई प्रदान गरेको २६ वटा कानुन खारेज गरिदिएको छ।
केन्द्र सरकारको यस आदेशलाई केन्द्र शासित प्रदेश जम्मु–कस्मिर पुर्नगठन–तेस्रो आदेश, २०२० भनिनेछ।