निगरानी न्युज ।
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे यही कात्तिक १९ गते नेपाल आउँदैछन्।
प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलकासाथ नेपाल नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।
भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय भारतीय सेनाध्यक्ष नरवाणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्।
तीन दिवसीय भ्रमणका दौरान नरवाणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।