आइपिएलमा आज दिल्ली र हैदराबाद प्रतिस्पर्धा

Spread the love

निगरानी न्युज।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ।

हैदराबाद ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *