फेसबुकले एक सय वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर लञ्च गर्यो

Spread the love

निगरानी न्युज।

फेसबुकले एक सय वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर लञ्च गरेको छ। मेसिन लर्निङमा आधारित उक्त सफ्टवेयर फेसबुकका करिब दुई अर्बभन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने फेसबुकले बताएको छ।

फेसबुकले यो ट्रान्सलेसशन सफ्टवेयरको नाम ‘एम टू एम हन्ड्रेड’ राखेको छ।

फेसबुकले गरेको दावी अनुसार, एक सय भाषाको अङ्ग्रेजी अनुवाद गर्न सक्ने यो विश्वकै पहिलो सफ्टवेयर हो। यसले सामाजिक सञ्जालमा रहेका १०० भन्दा बढी भाषामा रहेको सामग्रीलाई अनुवाद गर्न सक्ने बताइएको छ।

यो सफ्टवेयर निर्माणमा अनुसन्धान सहायक एन्जेला फनले आफ्नो ब्लगमा सफ्टवेयरको लागि फेसबुक रिसर्च टीमले वषौंदेखि काम गरेको उल्लेख गरेकी छन्।

अब फेसबुकले हरेक दिन २० अर्बभन्दा बढी अनुवाद गर्न सक्ने उनको दावी छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *