पाकिस्तानको पेशावरस्थित एक विद्यालयमा आक्रमण हुँदा सातजनाको मृत्यु

Spread the love

निगरानी न्युज।

पाकिस्तानको पेशावरस्थित एक विद्यालयमा आक्रमण हुँदा सातजनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसा मृत्यु भएकामध्ये चारजना बालबालिका रहेका छन् । पेशावरस्थित एक धार्मिक विद्यालयमा विस्फोट हुँदा थप ५० जना घाइते भएका छन् ।

अस्पतालका अधिकारीहरुका अनुसार पेशावरस्थित विद्यालयमा भएको विस्फोटमा मृत्यु हुनेमा २० देखि ३० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी घाइते भएका चारजना भने १३ वर्षभन्दा कम उमेरका रहेका छन् ।

प्रत्यक्षदर्शीका अुनसार विस्फोटअघि एक व्यक्ति झोलासहित विद्यायलय परिसरमा प्रवेश गरेका थिए । ती व्यक्ति विद्यालयमा प्रवेश गरेको केही समयपछि विस्फोट भएको थियो ।

सार्वजनिक भएका केही तस्बिरहरुमा विद्यालयमा निकै ठूलो क्षति भएको थियो । अस्पतालका अधिकारीहरुले रोयटर्सलाई जनाए अनुसार घाइते भएका अधिकांश व्यक्तिहरु जलेको अवस्थामा रहेका छन् ।

घाइते भएकामध्ये दुईजना शिक्षकहरु रहेका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले उक्त घटनाको निन्दा गर्दै ‘मूल्यवान जीवन गुमेकोप्रति हामीलाई पश्‍चाताप’ भएको बताएका छन् ।

उक्त विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मवारी लिएका छैनन् । यस आक्रमणसम्बन्धी अनुसन्धान सुरु भइसकेको छ । पछिल्लो केही वर्षदेखि अफगान सीमा क्षेत्रमा रहेका हिंसात्मक आक्रमणहरु भएका छन् ।

६ वर्षअघि एक बन्धुकधारीले सैन्य विद्यालयमा आक्रमण गर्दा १५० जनाको मृत्यु भएको थियो । जसमा अधिकांश बालबालिका रहेका थिए । – बीबीसी 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *