दुई दर्जन विदेशी च्यानलका कार्यक्रम क्लिनफिडमा

Spread the love

विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) नीति लागू भएसँगै नेपाली दर्शकसमक्ष विज्ञापनरहित कार्यक्रमहरु आउन थालेका छन्।

विज्ञापन ऐनले कात्तिक ८ नै भनेर मिति तोकिदिएपछि क्लिनफिड नीतिअनुसार विदेशी च्यानलहरु आउन थालेका हुन्। सुरुका एकदुई दिन च्यानलहरु बन्द भएर ग्राहक र च्यानलवितरक समेत अलमल भइरहेको बेला क्लिनफिड नीतिअनुसार विदेशी च्यानल आउन थालेका छन्।

क्लिनफिडकै कारण स्पोर्सट च्यानल बन्द हुदा नेपालीले इन्डियन प्रिमियर लिग (आईपीएल) समेत हेर्न पाएका थिएनन्। बुधबार स्टारको च्यानलबाट आईपीएल लाइभ आउने भएको छ।

अहिलेसम्म २२ वटा च्यानलहरु क्लिनफिडमा आइसकेको सुविसु केवल नेटका प्रेसिडेन्ट सुधिर पराजुलीले बताए।

‘अहिले जसले क्लिनफिडमा च्यानल दिइरहेका छन् उनीहरुको चलाइरहेका छौं। दिनका दिन बढिरहेका छन्,’ पराजुलीले भने, ‘अहिलेसम्म ९२ वटा च्यानलमध्ये २२ वटा क्लिनफिडमा आइसकेका छन्।’

जी च्यानलको १२ वटा, स्टारको १, कलरको ३ वटाललगायतका क्लिनफिडमा आएका छन्। हरेक दिन क्लिनफिडका च्यानलहरु थपिरहेको भए पनि सबै आउन केही समय लाग्ने देखिएको छ।

डिसहोका प्रबन्ध दिर्नेशक सुदिप आचार्यले मुख्य च्यानलहरु क्लिनफिडमा आउने तर केही समय लाग्न सक्ने बताउँछन्।

‘मेजर च्यानल आउँछन् तर उनीहरुले समय मागेका थिए। सरकारले समय दिन सकेन,’ आचार्यले भने।

अहिलेको मुख्य समस्या कोभिड १९ का देखिएको छ। सिंगापुरबाट क्लिफिड बक्स आउनु पर्नेमा त्यहाँबाट नेपाल हवाइ उडान नहुदा कलर्सको ९ वटा च्यानल, स्टारको ३२ वटा च्यानलका बक्स आउन नसकेको पराजुलीले बताए। कतिका सामान आएको पनि क्लिनफिड हुन सकेको छैन।

केही च्यानलभने द्विविधामा, केहीको नआउने घोषणा
नेपालमा क्लिनफिड नीति लागू भएसँगै केही विदेशी च्यानलले आउन नसक्ने बताएका छन् भने केही च्यानल द्विविधामा रहेको च्यानल वितरकहरुले जनाएका छन्।

अहिलेसम्म क्लिनफिडमा आउन सक्दैनौं भन्नेमा अमेरिकी समाचार च्यानल सिएनएन र सिएनएन नेटवर्कका कार्टुनहरु रहेका छन्। यि च्यानलले क्लिनफिडमा आउन सक्दैनौं भनेको आचार्यले बताए।

त्यस्तै, बेलायती समाचार च्यानल बीबीसीले स्पष्ट रुपमा केही भनिसकेको छैन। हाम्रो कम्युनिकेसनमा उनीहरुले ‘वि आर ट्राइङ’ भनिरहेका छन्,’ आचार्यले भने।

त्यसैगरी, भारतीय समाचार च्यानलहरु मध्ये अधिकांश नआउने देखिएको छ। अहिलेसम्म जीटीभी र जिन्युज आइसकेका छन्। आजतक लगायतका अन्य च्यानल भने आउनदैनौं भनिसकेका छन्।
आस्था, संस्कार जस्ता च्यानलहरु पनि नआउने भएका छन्।

यी च्यानलहरुले नेपालमा क्लिनफिड कार्यक्रम दिँदा फाइदा नहुने बताएका छन्। नेपालको बजारमा क्लिनफिड कार्यक्रम दिएर नसकिने उनीहरुको प्रतिक्रिया आएको आचार्यले बताए।

उनीहरु दक्षिण एसियाका राष्ट्रमा यस्तो प्रकृतिको क्लिनफिड कार्यक्रम नदिएको नेपालको लागि छुट्टै बनाउनु पर्ने छ। थाइल्याण्डमा पनि क्लिनफिड छ र भारतको बाहेक अन्य विज्ञापन हालेको आचार्य बताउँछन्।

‘नेपाल मात्र यस्तो देश हो जहाँ विदेशी च्यानलमा विज्ञापन नै हुँदैन भन्ने छ’, आचार्य भन्छन्।

अमेरिकामा क्लिनफिड कार्यक्रम चलिरहेको तर त्यहाँ ति विदेशी च्यानलले स्थानीय विज्ञापन हाल्ने गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *