निगरानी न्युज।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ स्वाव परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन।
योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १९५४ जना नै निको भएका छन भने १३ जनाको निधन भएको छ।
हालसम्म नेपालमा १ लाख ६२ हजार ३५४ जनालाई कोरोना संक्रमण भइसक्दा १ लाख २१ हजार ८२४ जना निको भइसकेका छन।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।