‘हामी यस्तै त हो नी ब्रो’ गीत’ का गायक भिटेनको र्‍याप फेरि विवादमा

Spread the love

‘हामी यस्तै त हो नी ब्रो’ गीत’ का गायक भिटेनको र्‍याप फेरि  अश्लिल शब्दहरू भरिएको गीत सार्वजनिक गरेका छन्। र्‍यापमा प्रहरीलाई गाली समेत गरिएको छ। त्यस्तै भिडियोको सुरुमा नै प्रहरीको गाडी विस्फोट गराएको देखाइएको छ। यसपटक पनि प्रहरीलाई ‘डण्ठे’ शव्द दोहोर्‍याएका छन्। यही विषयलाई लिएर प्रहरीले भिटेनको गीत माथि अनुसन्धान सुरु गरिसकेको छ।

‘पहिले पनि गीतको कारण नै सम्झाएर छोडेका हौं। अहिले पनि त्यस्तै प्रकृतिको र्‍याप गरेको देखियो। अनुसन्धान भइरहेको छ। आवश्यक देखिए कारवाही हुन्छ’, नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर बहादुर कठायतले भने।

प्रहरी प्रधान कार्यालय नक्सालले र्‍यापको बिषयमा अनुसन्धान गरी आवश्यक देखिएमा कारवाही गर्ने भन्दै केन्द्रीय साइवर व्यूरोलाई पत्रचार गरेको एसएसपी कठायतले जानकारी दिए।

पाँचदिन अघि युटुवमा हालेको भिडियो अहिलेसम्म ११ लाख पटक हेरिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *