३५ सय १७ कोरोना संक्रमित थपिए

Spread the love

निगरानी न्युज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हाजर ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा देशभरमा थप ३ हाजर ५१७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १४ हजार ९८९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १४ लाख ३४ हजार ५३ पुगेको छ।

मन्त्रालयले पछिल्ले २४ घण्टामा थप ४ हजार ९६ जना संक्रमित निको भएको जानकारी दिएको छ। यो सँगै निकाे  हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *