प्रिमियर लिगमा आर्सनल १-० ले विजयी

Spread the love

निगरानी न्युज ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आसर्नलसँग एक शुन्यले पराजित भएको छ । जारी लिगमा युनाइटेडको पाँच खेलमा तेस्रो हार हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा आर्सनलको जितमा एक मात्र गोल पिएरी अबामयाङले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर ६८ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । सिमसिम बर्षा भएको खेलमा युनाइटेडका पउल पोग्वाले आर्सनलका हेक्टर बेलेरिनलाई लडाएपछि आर्सनलले पेनाल्टी पायो ।

जसलाई अबामयाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । युनाइटेडले प्रिमियर लिगमा पछिल्ला सात खेलमा पाँच खेलमा घरेलु मैदानमा पेनाल्टी दिएको हो ।

त्यसपछि युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल हुन सकेन ।

जसका कारण एक शुन्यले पराजित भयो । यो जितपछि आर्सनल सात खेलमा १२ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ ।

युनाइटेडको भने सात अंकका साथ १५ औं स्थानमा छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *