लिड्स युनाइटेडमाथि लेस्टर सिटीको जित

Spread the love

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेल लेस्टर सिटीले लिड्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा योउरी टिएलेमान्सले दुई गोल गरेका थिए भने हार्भे बर्नेज र जामी भार्डीले एक एक गोल गरेका थिए । त्यस्तै लिड्सका लागि स्टुअर्ट डल्लासले एक गोल फर्काएका थिए ।

यो जितपछि लेस्टर ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिड्सको ७ खेलमा १० अंक रहेको छ


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *