चिनियाँ प्रवक्ताले भने : चीनले नेपालको भूमि मिचेको भन्ने समाचार झूटाे हो

Spread the love

निगरानी न्युज।

चीनले नेपालको भूमि मिचेको भन्ने रिपोर्टहरुलाई चिनियाँ विदेश मन्त्रालयले झूटाे समाचार भएका दाबी गरेकाे छ।

हुम्लास्थित नेपाल–चीन सीमामा १५० हेक्टरभन्दा बढि नेपाली भूमि चीनले मिचेको भनी प्रकाशित रिपोर्टलाई चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले आधारहीन भनेका छन्।

हुम्लामा नेपालले सीमा मिचेको सम्बन्धमा नेपालका स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत समाचार प्रकाशित गरेको सम्बन्धमा वाङले मंगलबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको खण्डन गरेका हुन्।

हुम्लामा जस्तै गोर्खा, रसुवा, सिन्धुपाल्चोक र संखुवासभामा समेत चीनले सीमा मिचेको ती समाचारहरुमा उल्लेख छ।

तर वाङले ती समाचर सम्पूर्णरुपमा आधारहीन र हल्लाका भरमा लेखिएको दाबी गरे।

मिचिएको छैन भन्ने कुनै प्रमाण छ भनी पत्रकारले सोधेको प्रश्नमा उनले ‘त्यो लेख्ने पत्रकारले नै प्रमाण दिनुपर्ने’ बताए।

उनले ती समाचारहरु पूर्णतः हल्लाका भरमा लेखिएको भनाइ दोहोर्‍याएका थिए।

नेपाली सञ्चारमाध्यममा पनि चीनले सीमा मिचेर नेपाली भूमिमा भवनहरु समेत निर्माण गरेको भनी समाचार आएको थियो।

तर सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको भनी प्रष्ट्याएका थिए।

नेपालस्थित चिनियाँ दूतावासले पनि चीनबाट नेपालको भूमि नमिचेको दाबी गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *