निगरानी न्युज ।
उच्च अदालत पाटनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा र्यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । भिटेनले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर निवेदन दिएकोमा अदालतले नपक्रन आदेश दिएको हो ।
उच्च अदालत पाटनले आदेशमा भनेको छ, ‘गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण छैन ।’ उच्च अदालत पाटनका मुख्य न्यायाधिस नहकुल सुवेदीको इजालसले भिटेनलाई पक्राउ तथा धरपकट नगर्न आदेश जारी गरेको हो ।
भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो युट्युबमा अपलोड गरका थिए । त्यसपछि गीतमार्फत अपशब्द, अस्लिल साथै प्रहरी तथा महिलालाई अपमान गरेको भन्दै प्रहरीमा गुनासो आएपपछि अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई गत बिहिबार प्रहरी प्रधान कार्याललयले पत्र पठाएको थियो ।
भिटेनले त्यसपछि युट्युवबाट म्युजिक भिडियो हटाएका थिए । उनले एक बिज्ञप्ति जारी गर्दै सो गीतसहित भिडियोलाई परिमार्जन गरेर पुन: अपलोड गर्ने प्रतिबद्धता जनाएका थिए ।