अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडनको अग्रता

Spread the love

निगरानी न्युज ।

विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो।

हालसम्मक  नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।

यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन्।

अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ।

मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *