२४ घण्टामा उपत्यकामा १८ सय ७८ सहित ३३ सय ९ संक्रमित थपिए

Spread the love

निगरानी न्युज । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ७८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंका १५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी १८ सय ७८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १८ सय ७८सहित ३३ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३६ हजार ९११ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७८० र ३० हजार १३१ जना होम आइसोलेसनमा  छन्। यस्तै क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १४४ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार ३८ सय ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *