निगरानी न्युज ।
कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिराे खसेकाे छ । पहिराेमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको छ ।
नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिराे गएकाे र त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको जनाइएकाे छ ।मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सबै बुलिङ्टार– ४ का रहेका छन् । जसमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।