जितको नजिक पुग्दै गर्दा बाइडेनले भने : सत्ता कसैले कब्जा गर्न सक्दैन, यो त नागरिकले सुम्पने कुरा हो

Spread the love

निगरानी न्युज।

जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन्।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम नलिईकन उनीविरुद्ध चेतावनीयुक्त भाषण गरेका हुन्। त्यस क्रममा बाइडेनले राष्ट्रिय एकताको कुरा पनि गरे।

आगामी ४ वर्षका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति बाइडेन प्रतिस्पर्धामा छन्। मंगलबार सम्पन्न मतदानको नतिजा आउने क्रम जारी छ।

मिसिगन राज्यको मत बाइडेनकै पक्षमा आउने र उनले जित्ने प्रक्षेपण समाचार एजेन्सी एपीले गरिरहेको छ।

अमेरिकाको राष्ट्रपति हुन २७० इलेक्टोरल भोट ल्याउनुपर्छ।

मिसिगन राज्यमा जित हासिल गर्नेबित्तिकै बाइडेन लक्ष्यनजिक पुग्ने देखिएको सञ्चारमाध्यमले जनाएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *