ओलीसँग प्रचण्डको निर्णायक वार्ता हुने

Spread the love

निगरनी न्युज। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता हुने भएको छ । वार्ता आज या भोलिभित्र हुने बुझिएको छ ।

हिजो तय भएको वार्ता पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनका कारण स्थगित भएको थियो । स्थगित वार्ता आज या भोलिभित्र हुने तय भएको छ ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । सकेसम्म सहमति गर्ने र कुरा नमिले कठोर कदम चाल्ने प्रचण्डको तयारी छ । तर, उनले कुनै हालतमा पार्टी फुट्न भने नदिने रणनीति बनाएको निकटस्थले बताएका छन् । व्यक्तिभन्दा पार्टी बलियो बनाउने गरी प्रचण्डले कदम चाल्ने भनिएको छ ।

नेकपाभित्र संकट टार्न दोस्रो तहका नेताहरु सक्रिय भएर ओली र प्रचण्डबीचको वार्ता तय गरेका हुन् । यो वार्ता निर्णायक हुने बुझिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *