रुसः प्रेमिकाले गरिन् पुटिनलाई राष्ट्रपतिको पद छोड्न अपिल, चाँडै नै राजिनामा दिनसक्ने

Spread the love

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामा आसिन रहिरहने खबर हालै प्रकाशित भएको थियो । यद्यपि, अब एक रिपोर्टमा पुटिन अर्को वर्ष जनवरीमा पद छोड्ने योजना बनाइरहेको खबर आएको छ ।

मिडिया रिपोर्ट अनुसार भ्लादिमिर पुटिन (६८) लाई उनको परिवारद्वारा स्वास्थ्य सम्बन्धि चिन्ताबीच अवकाश लिन आग्रह गरिरहेका छन् । पुटिनकी ३७ वर्षीया प्रेमिका अलिना कबाइवा र उनका दुई छोरीले उनलाई पद छोड्न भनिरहेका छन् । न्यूयोर्क पोस्टको एक रिपोर्टमा मस्कोका राजनीतिक जानकारी वलेसी सोलोवीलाई उद्धृत गर्दै भनिएको छ ।

सोलोवीले भने, ‘एक परिवार छ, त्यसको उनीमाथि निकै ठूलो प्रभाव छ । उनी जनवरीमा आफ्नो पदबाट राजिनामा दिने योजना सार्वजनिक गर्न सक्छन् । ’ राजनीतिक जानकारले दाबी गरे अनुसार पुटिन पार्किन्सन्सद्वारा ग्रसित छन् । हालैका तस्बिरमा उनको यो रोगको लक्षण देखिएको छ ।

द यूएस सनको एक रिपोर्टमा भनिएको छ, ‘पुटिनको हालैको फुटेजको अध्ययन गर्ने विशेषज्ञले उनको खुट्टा लगातार हल्लिरहेको थियो र कुर्सीको आर्मरेस्टलाई दबाउँदै उनी पीडामा देखिए । सम्भवतः औषधी भएको कप समात्दा उनका औंला काँपिरहेका थिए । ’

सोलोवीका अनुसार पुटिनले चाँडै नै एक नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नेछन् जसलाई न्यूयोर्क पोस्टका अनुसार उनको अन्तिम उत्तराधिकारी बन्नका लागि तयार गरिनेछ । यद्यपि, राष्ट्रपतिका कर्मचारीले पुटिनले पद छोड्न लागेको योजनालाई अफवाहको संज्ञा दिँदै गलत बताएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *