हैदरावाद क्वालिफायर्समा प्रवेश, फाईनल प्रवेशका लागि दिल्लीसँग खेल्ने

Spread the love

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावाद क्वालिफायर्समा प्रवेश गरेको छ । अब हैदरावादले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्र्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३१ रन बनायो ।

खराब शुरुवात गरेको बैंग्लोरले सात रन हुँदा कप्तान विराट कोहलीको विकेट गुमाएको थियो । कोहली ६ रन बनाएर आउट भए । त्यसपछि १५ रन पुगेका बेला देवदत्त पडिक्कल आउट हुन पुगे । उनी एक रन बनाएर पभेलियनको बाटो लागे ।

त्यसपछि आरोन फिन्च र एवि डिभिलियर्सले वैंग्लोरको पारी सम्हालेका थिए । टिमको स्कोर ५६ रन भएका बेला फिन्च आउट हुन पुगे । उनले ३२ रनको योगदान गरेका थिए । ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । मोइन अली खाता नै नखोली रन आउट भएका थिए । उनी आउट हुँदा बैंग्लोरको स्कोर ४–६२ रहेको थियो । शिबम दुवेले पनि ठूलो पारी खेल्न सकेनन् ।

८ रन बनाएर उनी आउट हुँदा १३ बल फेस गरेका थिए । एवि डिभिलियर्सले भने बैंग्लोरका लागि अर्धशतकीय पारि खेले । ५६ रन बनाएका एबीले ४३ बलमा ५ चौका प्रहार गरे ।

वासिंगटन सुन्दर पाँच रनमा आउट हुँदा अन्तिमसम्म क्रिजमा टिकेका मोहमद सिराजले १० तथा नवदीप सैनीले ९ रनको अभिजित पारि खेले ।
जेशन होल्डरले तीन तथा टी नटराजनले २ विकेट लिए । आजको विजेताले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

जवाफमा हैदरावादले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । खराव सुरुवात गरेको हैदरावादले मात्र दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर श्रीभाट्स ग्वस्वामीले खाता खोल्न सकेनन् ।

त्यसपपछि ४३ रनमा दोस्रो विकेट गुमाएको हैदरावादले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि ६७ रनमा चौथो विकेट गुमायो ।

हैदरावादका लागि डेविड वार्नरले १७ रन बनाए भने मनिश पाण्डेले २४ रनको योगदान गरे । यस्तै प्रियम गार्ग सात रनमा आउट भए ।

हैदरावादको जितमा केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ५० रन बनाए भने जेसोन होल्डरले अविजीत २४ रनको योगदान गरे ।

हारपछि विराट काेहलीकाे टिम बै‌ग्लाेर प्रतियाेगिताबाट बाहिरीएकाे छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *