कोरोना भाइरसबाट विश्वमा १२ लाख ३५ हजारभन्दा बढीको मृत्यु

Spread the love

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ ।

 

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ ।

छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् ।

अमेरिकामा बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ भने भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको मृत्यु भएको छ । अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको मृत्यु भएको छ भने ९ लाख ४९ हजार १९७ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार ८९६ संक्रमित रहेका छन् ।

युरोपमा २ लाख ९७ हजार ७५७ जनाको मृत्यु भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन् ।

एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन् ।

मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको मृत्यु भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन् ।

अफ्रिकामा ४४ हजार २३८ जनाको मृत्यु भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन् ।

ओसियानामा ९४१ जनाको मृत्यु भएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन् ।

एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ ।

धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *