लद्दाखमा चीनको नियन्त्रणमा भारतको ३ सय वर्ग किलोमिटर भूमि

Spread the love

भारतले यसवर्ष ३ सय बर्ग किलोमिटर भूभाग गुमाएको र त्यो अहिले चीनको नियन्त्रणमा रहेको भारतीय अधिकारीहरुले बताएका छन्।

यसवर्ष सीमाको विषयलाई लिएर भारत र चीनका सेनाबीच हिंस्रक झडप भएको थियो।

गर्मी याममा लद्दाख नजिकैका सीमा क्षेत्रमा भएको झडपपछि नै भारतले ३ सय बर्ग किलोमिटर भूभाग गुमाएको भारत–चीन विवादबारे जानकारी राख्ने भारतीय विज्ञहरुले बताएको एससीएमपीले जनाएको छ।

मार्च अप्रिल महिनादेखि नै भारत र चीनका सेनाबीच धक्कामुक्की सुरु भएको थियो। गत जुन १५ मा भने विवादित गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप नै भएको थियो।

उक्त झडपका क्रममा २० भारतीय सेनाले ज्यान गुमाएका थिए। भारतले चीनका सेनाको पनि ज्यान गएको दाबी गरेको छ। यद्यपी चीनले आफ्नो सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको छैन।

Tension mounts in Ladakh as China brings in more troops; India maintains  aggressive posturing | India News | Zee Newsभारतीय सेना

भारतीय अधिकारीहरुका अनुसार पहिला जुन स्थानमा भारतीय सेनाले गस्ती गर्दथे यतिबेला ती क्षेत्रहरुमा चीनका सेनाले गस्ती गरिरहेका छन्।

अमेरिकी शहर म्यानह्याटनभन्दा पाँच गुणा ठूलो भारतीय भूभाग यतिबेला चीनको नियन्त्रणमा छ र त्यहाँ चिनियाँ सेनाले भारतीय सेनाको गस्तीलाई प्रतिबन्ध लगाएको बताइएको छ।

गर्मी याममा भएको हिंस्रक झडपयता दुवै देशबीच धेरैपटक वार्ता भइसकेको छ। यद्यपी वार्ताले निचोड निकाल्न सकेको छैन।

यसबीचमा जाडो यामका लागि भारत र चीनका सेनाले लद्दाख नजिकैको सीमा क्षेत्रमा आवश्यक सामग्रीहरु तैनाथ गर्न थालेका छन्।

Pin on Вооружение Тайваня

चिनियाँ सेना

उनीहरुले पुग्दो खाद्यान्न, गोली गठ्ठा लगायतका सामग्री उच्च हिमाली क्षेत्रमा पुर्याएका छन्।

जाडो याममा हिउँको थुप्रोका कारण ६ महिनासम्म लद्दाख वरपरका हिमाली क्षेत्र ठप्प हुन्छन्।

तर यसपटक दुवै देशका सेना सीमाबाट फर्कने तयारीमा छैनन्। दुवै देशका सेनाले माइनस ४० डिग्री सेल्सियसमा प्रयोग गर्न सकिने हतियारहरु तैनाथ गरेको बताइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *